३ असार २०८३, बुधबार | Wed Jun 17 2026

श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल, सभामुखले गराए सचेत

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल जारी छ ।

छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरुले बेल घेराउ गरेका हुन् ।

dainiki.com

साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अर्यालले उक्त पार्टीका सांसदहरुलाई सचेत गराएका छन् । ‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले भनेका छन् ।

प्रकाशित मिति : June 17, 2026 at 2:07 pm