कुथेली बुखरी स्मल हाईड्रोपावरको १२ लाख बढी कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने
३ असार, काठमाडाैं। कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल १२ लाख ९ हजार १६९.५ कित्ता सेयरको लक इन अवधि साउन ६ गते सकिन लागेको हो ।
संस्थापक सेयरधनीतर्फको १० लाख ७२ हजार ४३४ कित्ता, संस्थाका कर्मचारीतर्फको २ हजार ६८०.७० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १ लाख ३४ हजार ५४.८० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो ।

सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको सेयर लकइनमा राख्नुपर्ने प्रावधान छ । लकइन अवधि समाप्त भएपछि उक्त सेयर कारोबार गर्न सकिनेछ । कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले बताएकाे छ ।
प्रकाशित मिति : June 17, 2026 at 2:00 pm









