३ असार २०८३, बुधबार | Wed Jun 17 2026

लामो समयदेखि नेतृत्वविहीन नेप्सेले पायो नयाँ नेतृत्व, अध्यक्षमा अमृत लम्साल नियुक्त

३ असार, काठमाडाैं । लामो समयदेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ । करिब डेढ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्।

 तत्कालिन अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई नियुक्त गरिएकाे हाे। लम्साल हाल अर्थ मन्त्रालयको महाशाखा प्रमुखका साथै नेपाल रिइन्स्योरेन्स र नेपाल बैंकमा समेत महत्त्वपूर्ण जिम्मेवारीमा छन् ।

dainiki.com

यस नियुक्तिसँगै नेप्सेको नीति निर्माण, बजार सञ्चालन तथा नियामक समन्वयमा सरकारी भूमिकाको उपस्थिति थप मजबुत हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : June 17, 2026 at 11:15 am