नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनीले बोलायो विशेष साधारणसभा
२ असार, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १८ गते मध्यपुर थिमि भक्तपुरमा विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त सभा बिहना ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । सभामा नयाँ संचालक समिती गठन गर्ने, हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने र विविध प्रस्तावहरु उपर छलफल भएर पारित गर्ने एजेण्डा तय गरिएको छ ।
प्रकाशित मिति : June 16, 2026 at 12:47 pm









