प्रधानमन्त्रीलाई जवाफका लागि रुलिङ गर्न नेकपाको माग
२ असार, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले सदनमा आएर प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरूको विरोध कायमै रहेको भन्दै उक्त अभिव्यक्तिबारे सभामुखले जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरे । साथै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

त्यस्तै उनले पराराष्ट्रमन्त्री चीन भ्रमणमा रहेका बेला लिपुलेकबारे त्यहाँ कुरा भयो कि भएन भनेर प्रश्न गरे । उनले नेपालको सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धित विभिन्न घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुस्तामा भारतीय नागरिक प्रवेश गरेको, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टर प्रवेश गरेको तथा नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको विषय उठाए।
प्रकाशित मिति : June 16, 2026 at 12:13 pm









