प्रि ओपन सेसनमा साढे १० अंकले बढ्यो नेप्से
२ असार, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १० अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १०.७४ अंक बढेर २७२२.५१ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५७ स्टकको १४४ पटकको कारोबारमा २ करोड ११ लाख २० हजार ३०४ रुपैयाँ ८० पैसाबराबरको ३९ हजार ७८७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 16, 2026 at 10:57 am









