१ असार २०८३, सोमबार | Mon Jun 15 2026

रविका लागि प्रधानमन्त्री बन्ने बाटो बन्दै, रूपन्देही अदालतले पनि संशाेधन गर्यो मुद्दा

१ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही जिल्ला अदालतले पनि संशोधन गरेको छ । न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार अभियोग संशोधन गरेको हो ।

रूपन्देहीले पनि  मुद्दा संशोधन गर्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप हटाएको छ । यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि रविको मुद्दा संशोधन गरेको थियो । अब चितवन र काठमाडाैँबाट रविको मुद्दाको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप हटेपछि उनी प्रधानमन्त्री बन्ने बाटोका लागि पूर्ण रूपमा योग्य हुनेछन ।

दुई गम्भीर प्रकृतिका अपराधसम्बन्धी अभियोगबाट जिल्ला अदालतहरूबाट मुक्ति पाउँदै गर्दा रवि रास्वपाबाट भावी प्रधानमन्त्रीको विकल्पका रूपमा अघि सारिने सम्भावना छ । यसले रवि पुनः रास्वपाको सभापति बन्दै प्रधानमन्त्री बन्ने बाटो थप मजबुद बन्नेछ । यद्यपी अभियोग संशाेधनका सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिट संवैधानिक इजलाशमा पुगेर अड्किएकाले त्यसको निर्णय निर्णायक हुनेछ ।

प्रकाशित मिति : June 15, 2026 at 7:42 pm