१ असार २०८३, सोमबार | Mon Jun 15 2026

गण्डकीले ल्यायो ३३ अर्बको बजेट

१ असार, काठमाडाैं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जितबहादुर शेरचनले पुँजीगत तर्फ ६० प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।

पुँजीगत तर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालू तर्फ १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ अर्थात् ३८.५६ प्रतिशत बजेट विनियोजन भएको हो ।  वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

dainiki.com

बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुनेछ ।

शसर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ आउने अपेक्षा गरिएको छ । यस्तै समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : June 15, 2026 at 5:54 pm