१ असार २०८३, सोमबार | Mon Jun 15 2026

एमाले सांसद राईले मन्त्री खोज्दै रोष्ट्रममा उभिइरहेपछि बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईले मन्त्रीहरू उपस्थित नभएसम्म आफूले कुरा नराख्ने अडान राखेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको हाे ।

उनले रोष्ट्रममा उभिएर भने, ‘अस्ति पनि अर्थमन्त्री हुनुहुन्थेन। मैले अर्थमन्त्री आएपछि आफ्नो भनाइ राख्छु भनेँ। आज पनि ९ वटा मन्त्रालयको छलफल छ, मन्त्री २ जना मात्र हुनुहुन्छ। अब के गरौँ ? अनिवार्य मन्त्रीको आवश्यकता छ। अब सभामुखलाई म निवेदन गर्दछु, म के गरौँ ?’

dainiki.com

राईले विनियोजन शीर्षकमा समावेश भएका मन्त्रालय सबै मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गरे । सदनमा मन्त्रीहरू उपस्थित नभएसम्म आफ्ना धारणा प्रस्तुत नगर्ने अडानका साथ ‘रोष्ट्रम’मा उभिइरहेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगन गरे ।

प्रकाशित मिति : June 15, 2026 at 5:44 pm