भारतीय सेनाको हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
१ असार, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवारज दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमिमा प्रवेश गरेको विषयमा सरकारको जवाफ माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलामा अनुमति विनै उडेकोबारे सरकारको धारणा माग गरेका हुन् ।

साथै, दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले देश बनाउने तीन जनाको जम्बो टोली घोषणा गरेको भन्दै टिप्पणी गरेका छन्। दुलालले प्रधानमन्त्रीले बिदा मनाइसकेर फुर्सदमा भएकाले अब देशका जल्दाबल्दा समस्यामा ध्यान दिने भन्दै कटाक्ष समेत गरेका छन् । उनले भारतले निर्यात रोक्दा मेचीका चिया उद्योग बन्द हुन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रकाशित मिति : June 15, 2026 at 12:24 pm









