सभामुखलाई हर्कको प्रश्नः प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?
१ असार, काठमाडौं । श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हट्नुपर्ने माग निरन्तर राख्दै आएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी दिएकाे अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् ।

उनले प्रधानमन्त्रीको साे अभिव्यक्ति हटाउन सभामुखबाट आउने आदेशको व्यग्र प्रतीक्षा गरिरहेको पनि बताए ।साम्पाङले सोधे, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं ।’
उनले एसइईका विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने, टेम्पो भीरबाट खसाल्ने र प्रहरीले व्यक्तिको घरमा ढुङ्गा हानेर क्षति पुर्याउनेलगायतका काम गलत भएको भनी टिप्पणी गरेका छन् ।
प्रकाशित मिति : June 15, 2026 at 12:12 pm









