१ असार २०८३, सोमबार | Mon Jun 15 2026

इप्पानमा २३ औँ साधारणसभाले अनुमोदन गरेको विधान अब लागू हुने

१ असार, काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अध्यक्ष र बरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आवद्ध हुनु नहुने र कुनै समय भएमा त्यागेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था विधानमा गरेर नेकपा एमालेको कोशी प्रदेश कमिटीका सदस्य मोहनकुमार डाँगीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

२३ औँ साधारणभाले नै पारित गरेर अनुमोदन गरिसकेको विधान निवर्तमान अध्यक्ष गणेश कार्कीले डाँगीकै लागि ‘कु’ गरेपछि पुनः २४ औँ बार्षिक साभारणसभाबाट विधान पारित गरिएको छ । विधानको नयाँ व्यवस्था अनुसार अब डाँगी बाहेकका अध्यक्षले राजनीतिक दलको सदस्य हुन पाउने छैनन् ।

इप्पानको विधान २०७८ लाई संशोधन गरी सबै पदहरुमा चुनाव गराउने गरी व्यवस्था गरे गरिएको छ तर अध्यक्षको हकमा एक कार्यकालमा कार्य समितिमा रहिसकेको हुनुपर्ने व्यवस्था छ ।

यसैगरी विधानमा शंसोधन गरी ५ उपाध्यक्षलाई ७ पुर्याउने, ५ सचिवालाई ७ पुर्याउने र स्थायी आमन्त्रित सदस्यको रुपमा ५ जनालाई मनोयन गर्ने व्यवस्था गरिएको छ । यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रुपमा कार्यान्वयनमा आउने बताइएको छ । यद्यपी विधानमा थप गरिएको पदमा मनोनित भएकाहरूले पनि सपथ लिइसकेका छन ।

नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा बरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामा तथा उपाध्यक्षहरुमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन् ।

बार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधान अनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी सात उपाध्यक्ष पुर्याइएको छ । खतिवडा र दुलाल यसअघि नै संशाेधन भैसकेको विधान अनुसार अघि बढ्नुपर्ने मागमा थिए भने छुट्टै प्यानल प्यानल बनाएर चुनावी प्रतिस्पर्धाको तयारीमा पनि थिए तर अन्तिम समयमा सहमतिका नाममा उपाध्यक्षमा सेट भएका छन ।

यस्तै महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरुमा सचिवहरुमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित हुनु भएको छ । नयाँ संशोधित विधान अनुसार सचिवमा कृष्ण घिमिरे र दीपक पोडेललाई थप गरी सात सचिव पुर्याइएको छ ।

यसैगरी कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् भने सदस्यहरुमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन् ।

स्थायी आमन्त्रित सदस्यको रुपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : June 15, 2026 at 10:01 am