दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छुः बालेन
१ असार, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले विदाको समयमा आफूले समाजिक सञ्जाल मार्फत जिस्किदाँ दुःख नमान्न अपिल गरेका छन । फेसबुक मार्फत देश बनाउने तीन जनाको तस्बिर सार्वजनिक गरेका प्रधानमन्त्री शाहले त्यसको तीन घण्टामै आलोचना, चासो र गुनासोको सम्बोधन गर्दै दुःख नमान्न अपिल गरेका हुन ।

उनले हप्ताभरी काम गरेर विदाको दिन जिस्कने गरेको बताएका हुन । फेसबुक मार्फत बालेनले भनेका छन, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन ! दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु !’
त्यसअघि बालेनले देश बनाउनेहरू भन्दै गृहमन्त्री सुधन गुरूङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग अँगालोमारेको तस्बिर सार्वजनिक गरेका थिए । त्यसपछि सञ्जालमा मन्त्रीपरिषद्का अन्य सदस्य चाहिँ के त भन्ने हजारौँ प्रश्न सञ्जालमा आएका थिए ।

प्रकाशित मिति : June 15, 2026 at 5:34 am









