नाडेप लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा
३१ जेठ, काठमाडाैं । नाडेप लघुवित्तको साधारणसभा बाेलाएकाे छ । लघुवित्तकाे जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नौविसे एग्रो रिसोर्ट, धादिङमा असार २२ गते वार्षिक साधारणसभा बाेलाएकाे हाे ।
सभा बिहान ११ बजे बस्नेछ। सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

सभाबाट संस्थापकतर्फबाट चार जना र सर्वसाधारणतर्फबाट एक जना सञ्चालक निर्वाचन गरिनेछ । सभाले सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव राखेको कम्पनीले अन्य कुनै वित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्न प्रस्ताव आएमा त्यसका लागि सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई तोकनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ११ गते एक दिन बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ असार १० गतेसम्म नेप्सेमा काराेबार भए कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति : June 14, 2026 at 12:55 pm









