२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

पृथ्वी राजमार्गका प्रत्येक सय मिटरको दुरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्ः आशिका तामाङ

२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा सौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्ने अवस्था रहेको बताएकी छन् । सार्वजनिक सौचालय नहुँदा यस्तो बाध्यता रहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

dainiki.com

उनले भनिन्, ‘पृथ्वी राजमार्गमा सवारी गर्दा  गाडीबाट ओर्लेर झाडीमा दौडिनुपर्छ । राजमार्गका प्रत्येक सय मिटरको दुरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्।’

प्रकाशित मिति : June 12, 2026 at 1:04 pm