२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

२९ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन् ।

dainiki.com

अर्थमन्त्री वाग्लेले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले संसद्को गरिमा र अधिकारमाथि प्रश्न उठाएको आरोप लगाए। उनले अर्थमन्त्रीले सात वटा करका व्यवस्था परिवर्तन गरिएको स्वीकार गरिसकेको उल्लेख गर्दै त्यसको प्रक्रिया र उद्देश्यबारे सत्यतथ्य बाहिर आउनुपर्ने बताए।

उनले विषय उठाउने सांसदहरूलाई पुराना प्रकरणका फाइल खोल्ने चेतावनी दिइएको भन्दै त्यसप्रति आपत्ति जनाए।

प्रकाशित मिति : June 12, 2026 at 12:19 pm