हर्क साम्पाङले खोजे संसदमा रक्षामन्त्री
२९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई धाकधम्की दिइरहेको भन्दै रक्षामन्त्रीको खोजी गरेका छन् ।साम्पाङले प्रतिनिधि सभाको आजको बैठकमा रक्षा मन्त्री खोजेका हुन् ।
उनले भने ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । नेपाल सरकारको रक्षा मन्त्री को हुनुहुन्छ, सभामुखज्यूले रुलिङ गरेर बोलाउनुपर्छ, उहाँलाई म प्रश्न सोध्न चाहन्छु ।’

उनले सुस्तामा भारतीय सशस्त्र सीमा बलले नेपालीलाई हप्कीदम्की गरिरहेको भिडिओ सार्वजनिक भएकाे बताएका छन् । ‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरुलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो सार्वजनिक भएका छन् । हाम्रो नेपाली सेना सिमानामा जानै नहुने के कसम खाएको रहेछ ? अवलोकन गर्न पनि पठाउनु नमिल्ने के करार गरेको रहेछ ? त्यो देखाइदिनुपरो । हामी सार्वभौम सांसदहरू जान्न बुझ्न चाहन्छौँ । रक्षामन्त्री खोजेर ल्याइदिनुस् ।’
प्रकाशित मिति : June 12, 2026 at 11:56 am









