६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

महिला लघुवित्तको कामु सीईओमा ओली नियुक्त

२९ जेठ, काठमाडाैं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा दिवस राज ओली नियुक्त भएका छन् । जेठ २८ गते बसेको कम्पनीकाे ११८ औं सञ्चालक समिति बैठकले ओलीलाई संस्थाको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

उनी हाल संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनलाई असार १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि उक्त पदको जिम्मेवारी दिएकाे संस्थाले जनाएको छ ।

प्रकाशित मिति : June 12, 2026 at 10:16 am