दुई अर्ब होइन,दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्याग्छुः अर्थमन्त्री
२८ जेठ, काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा कर बढ्दैछ भनेर सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् । यदि प्रमाणित भए अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्याग गर्न तयार रहेको उनले बताए । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री डा वाग्लेले भने “यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ ?”
प्रकाशित मिति : June 11, 2026 at 11:42 am









