१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

दश तस्बीरमा हेर्नुहोस् एकैदिन सञ्चालनमा आएका ज्योति विकास बैंकका पाँच शाखाको उद्घाटन

८ फागुन, काठमाडौँ । विकास बैंकहरू मध्ये अग्रणी बैंकको सूचीमा रहेको ज्योति विकास बैंकले बुधबार एकै दिन पाँच शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार काठमाडौँमा तीन शाखा तथा भक्तपुर र काभ्रेमा एक/एक शाखा सञ्चालनमा ल्याइएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार बुधबार बिहान ९ बजे भक्तपुरको बोडेमा, बिहान ९ः३० बजे काभ्रेको वनेपामा, बिहान ११ बजे काठमाडौँको साँखुमा, दिउँसो २ बजे काठमाडौँको बलम्बुमा र दिउँसो ३ः३० बजे काठमाडौँको कीर्तिपुरमा शाखाको उद्घाटन भएको छ । शाखाको उद्घाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ अधिकारीहरूले गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार २३:५३