प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैनः हर्कराज राई
२७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले नै संसदमा उपस्थित भएर जबाफ दिनुपर्ने माग राखेका छन्। साम्पाङले प्रधानमन्त्री बालेनले स्वयम् प्रतिनिधि सभामा आएर अभिव्यक्ति सच्याउनुपर्ने धारणा राखेका हुन्।

उनले एक जनाले गरेको गल्ती अरूले सच्याउने भन्ने नभएको बताए। उनले भने, ‘प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर हुँदैन । उहाँको गल्ती आफैले संसद्को रोष्टममा आएर सच्याउनुपर्छ।’
प्रकाशित मिति : June 10, 2026 at 3:55 pm










