नेप्सेमा सामान्य सुधार, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट
२७ जेठ, काठमाडाैं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले सुधार आएको छ । आज नेप्से परिसूचक २.५७ अंकले बढेर २७३६.१७ को विन्दुमा पुगेको छ। आज ३५६ कम्पनीको ९२ लाख ८३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको हो ।
आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । आज १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लागेकाे हाे ।
१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य यस दिन सर्वाधिक ८.७१ प्रतिशत घटेको छ। आँखु खोला जलविद्युत कम्पनीकाे यस दिन सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन २० करोड ४१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : June 10, 2026 at 3:23 pm










