२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

निफ्राको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त

२७ जेठ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बुधबार बसेको १८५औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेग्मीले सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्छन् । उनी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । यसअघि बैंकको संस्थापक समूह विशाल ग्रुपको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा सदस्य तथा अध्यक्षको भूमिकामा रहेका अनुज अग्रवालले पदबाट राजीनामा दिएका थिए ।

dainiki.com

सोही बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्दै विशाल ग्रुपकै तर्फबाट दीपक कुमार अग्रवाललाई नयाँ सञ्चालक सदस्यका रूपमा नियुक्त गरेको छ । नवनियुक्त सञ्चालक दीपक कुमार अग्रवालको कार्यकाल आजदेखि नै लागू हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : June 10, 2026 at 2:11 pm