२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सुरु नै नभइ सर्यो प्रतिनिधिसभाको बैठक

२७ जेठ, काठमाडौं । सुरु नै नभइ प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयमा सुरु हुन सकेन । दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सरेको छ ।

dainiki.com

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँसेर बैठक २ बजेका लागि सरेकाे जानकारी दिएका हुन् । सूचनामा भनिएकाे छ, ‘बुधबार बिहान ११  बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : June 10, 2026 at 1:26 pm