१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भ्रष्टाचारमा संलग्न चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजाय

८ फागुन, काठमाडाैँ । चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजाय तोकिएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले पूर्वप्रधान सेनापतिलाई पहिले नै पदच्युत गरेका थिए । चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुई भ्रष्टाचार गरेपछि राष्ट्रपति सिको निशानामा परेका हुन ।

 उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो। सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार २३:०८