२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कतिमा भयो एपोलो हाइड्रोपावरको पहिलो कारोबार ?

२७ जेठ, काठमाडौं ।  स्पेशल प्रि ओसन सेसनमा एपोलो हाइड्रोपावरको पहिलो कारोबार भएको छ। बुधबार कम्पनीको सेयर प्रतिकित्ता २९९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको कुल ४७ लाख कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको थियो।

यस अनुसार हिजो मंगलबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो। तर हिजो कारोबार म्याचिङ्ग नभएका कारण कारोबार हुन नसक्दा आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो।

dainiki.com

 पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : June 10, 2026 at 11:01 am