२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

सेयरबजार ४.१९ प्रतिशतले बढ्यो, धितोपत्र बजार पूँजीकरण ४३ खर्ब ५८ अर्ब पुग्यो

२६ जेठ, काठमाडाैं। सेयरबजार ४.१९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म नेप्से परिसूचक २७३०.१८ विन्दुमा कायम भएको छ ।
गत वर्षको सोही अवधिसम्म भने नेप्से परिसूचक २६२०.२७ विन्दुमा कायम थियो । यसर्थ एक वर्षमा सेयरबजार ४ प्रतिशतले बढेको छ ।

त्यस्तै, धितोपत्र बजार पूँजीकरण पनि ६.८३ प्रशितले बढेको छ । गत आवको वैशाख मसान्तसम्म ४३ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ रहेको धितोपत्र बजार पूँजीकरण यस वर्षको वैशाखसम्म ४६ खर्ब ५६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

dainiki.com

 चालु आवको वैशाख मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २९४ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८२ वैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो

 सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५०.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.६ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : June 9, 2026 at 6:09 pm