२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

अनधिकृत रुपमा करका दर हेरफेर गरेको भन्दै राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

२६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ । संसदमा दर्ता भइसकेको आर्थिक विधेयकमा अनधिकृत रूपमा करका दर र पानाहरू हेरफेर गरेको भन्दै राप्रपाले अर्थमन्त्रीकाे राजीनामा माग गरेको हो ।

dainiki.com

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले यस प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने र छानबिन प्रक्रियालाई सहज बनाउन अर्थमन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गरिन् । अर्थमन्त्रीले जेठ १५ गते संसदमा पेस गरिएको आर्थिक विधेयकमा ४६४ पृष्ठ रहे पनि अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको नयाँ संस्करणमा १६ पृष्ठ हटाएर ४४८ पृष्ठ मात्र कायम गरिएको छ ।

प्रकाशित मिति : June 9, 2026 at 3:02 pm