२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

२६ वैशाख, काठमाडौं  सरकारले निजामती सेवा (सोह्रैँं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल रेडक्रस सोसाइटीको नेतृत्व तथा व्यवस्थापनलाई व्यवस्थित गर्न विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकले चारवटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ । स्वीकृतिप्राप्त गर्ने आयोजनामा तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना तथा तादी खोला जलविद्युत् आयोजना रहेका छन् ।

dainiki.com

त्यस्तै, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गर्ने बैठकले निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : June 9, 2026 at 1:00 pm