२५ जेष्ठ २०८३, सोमबार | Tue Jun 9 2026

एमाले पुनर्गठन : ओलीसहित कि ओलीरहित आजबाट छलफल हुँदै

२६ जेठ, काठमाडौँ । आजबाट नेकपा एमाले पुनर्गठनको छलफल औपचारिक रूपमा छलफल हुँदैछ । उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलमा आजदेखि पुनर्गठनको बहस सुरू हुन लागेको हो । कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको वा रहितको एमाले पुनर्गठन भन्ने प्रतिवेदन बनाएर ओलीलाई बुझाउने छ ।

कार्यदलमा १६ जना सदस्य रहेका छन । कार्यदललमा उपाध्यक्षहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल एवं ८ प्रदेशका इन्चार्जहरू रहेका छन । एक महिनाभित्र प्रतिवेदन बुझाउने समय सीमा पाएको कार्यदलले गठन भएको दुई सातापछि बल्ल पहिलो बैठक राखिएको हो ।

एमाले सचिव समेत रहेका बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले मंगलबारका लागि पहिलो बैठक बोलाइएको जानकारी फेसबुक मार्फत बाँडेका छन । १६ सदस्यीय कार्यदल भए पनि बस्नेतले भने १५ सदस्यीय कार्यदल भनेर प्रचार गरेका छन ।

प्रकाशित मिति : June 9, 2026 at 5:18 am