२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

२५ जेठ, काठमाडौं। प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ । विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। सो समय सकिँदा पनि बैठक बस्न सकेन र सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित गरिएको

dainiki.com

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जनाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा यही जेठ १७ गते सांसदहरुको जवाफ दिने क्रममा बोलेको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले रोष्टममा उभिएर माफी माग्नुपर्ने माग राख्दै विपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : June 8, 2026 at 2:43 pm