२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्छः ज्ञानेन्द्र शाही

२५ जेठ, काठमाडाैं । राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। सांसद शाहीले करका दर हेरफेर हुन लागेको विषय चुहावट हुनु सामान्य विषय नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् ।

dainiki.com

अर्थ मन्त्रालयबाट नभइ संसदबाटै समिति गठन हुनुपर्ने उनको भनाइ छ । सांसद शाहीले बजेट र करका दर हेरफेरको विषय मन्त्रालयका तल्लो तहका कर्मचारीलाई समेत थाहा नहुने भन्दै यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने बताए। ‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालयले होइन, संसदीय छानबिन समितिले गर्नुपर्छ। करका दर हेरफेर गर्ने सूचना ‘लिक’ भएर बाहिर कसरी आयो? के यो सामान्य कुरा हो? भन्सारका कर्मचारीलाई थाहा हुने कुरा हो यो?,’ शाहीले प्रश्न गरे, ‘देशका जम्मा तीन जना (अर्थमन्त्री, अर्थ सचिव र राजस्व सचिव) लाई मात्र थाहा हुने विषय चुहिनुलाई गम्भीर रूपमा लिइयोस्।’

 

प्रकाशित मिति : June 8, 2026 at 2:26 pm