३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

२५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

dainiki.com

आजको बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए। सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका थिए।

प्रकाशित मिति : June 8, 2026 at 1:46 pm