२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन चल्न नदिने एमालेको अडान

२५ जेठ, काठमाडौं । नेकपा एमालेले सीमा विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिमा क्षमा माग्नुपर्ने अडान राखेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै एमाले  संसदीय दलको उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म सदन चल्न नदिने बताएकी छन्।

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने उनले बताइन्। ‘कूटनीतिक मर्यादा र पदीय लजिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिनुभयो,’ उपनेता अर्यालले भनिन्, ‘प्रधानमन्त्रीबाट भुल सुधार गरियोस् । क्षमा याचना गरियोस् ।’

dainiki.com

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो, निःसर्त फिर्ता हुनुपर्ने बताइन्। उनले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्दा सत्तापक्ष र प्रतिपक्षको विषय नबनाएको भन्दै राष्ट्रियताका सवालमा साझा सहमति गरेर अघि बढ्नुपर्ने बताइन् ।

प्रकाशित मिति : June 8, 2026 at 1:41 pm