२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ

२५ जेठ, काठमाडौं। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम एक हप्ताअघि मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो ।   एमालेका ४ र जसपाका १ जना मन्त्री नियुक्त भएका छन् ।

dainiki.com

नयाँ नियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर छन् । चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : June 8, 2026 at 12:47 pm