प्रि ओपन सेसनमा ६ अंकले घट्यो नेप्से
२५ जेठ, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ६..०९ अंकले घटेर २७४९.३१ विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा ५७ स्टकको १०२ पटकको कारोबारमा १ करोड ११ लाख ३७ हजार ७३० रुपैयाँबराबरको १५ हजार ७१४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 8, 2026 at 10:57 am









