२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

असार १ गतेदेखि डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

२४ जेठ, काठमाडाैं । नेपाली शेयर बजारमा नयाँ डिम्याट (हितग्राही) खाता खोल्न र हाल कायम रहेका पुराना खाताहरूको विवरण अद्यावधिक (अपडेट) गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ।

सिडिएससीले सम्पूर्ण निक्षेप सदस्य (डीपी) हरूलाई पत्राचार गर्दै आगामी २०८३ असार १ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो। सिडिएससीको गत जेठ १३ गतेको निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जनाएको छ।

dainiki.com

 यसअघि सिडिएससीले २०८२ फागुन १९ गते पत्राचार गर्दै ब्याक अफिस प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरूलाई हितग्राहीको विवरणमा राष्ट्रिय परिचय नम्बर समावेश हुने गरी प्रणाली विकास गर्न आग्रह गरेको थियो। सोही तयारीका आधारमा अब यस व्यवस्थालाई पूर्ण रूपमा अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउन लागिएको पत्रमा उल्लेख छ।

सिडिएससीका वरिष्ठ आइटी अधिकृत किशोर प्रसाद भट्टद्वारा जारी गरिएको सूचनामा नयाँ खाता खोल्दा वा पुराना खाताहरूको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य समावेश गराउन सबै निक्षेप सदस्यहरूलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति : June 7, 2026 at 5:06 pm