कार्यविभाजनमा गोकुल बास्कोटाको कटाक्षः एमाले कसरी पहिलो बन्छ एआईलाई सोध्छु
२४ जेठ, काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले एमाले सचिवालयले गरेको कार्यविभाजनमा कटाक्ष गरेका छन् । उनले अब एमाले कसरी बन्छ भनेर एआइलाई सोध्नु पर्ने अवस्था आएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भनेका छन्, ‘एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक सङ्गठनमा जस्तै । म एआईलाई सोध्छु -एमाले पहिलो कसरी बन्छ ?’

प्रकाशित मिति : June 7, 2026 at 1:38 pm









