कहिले हुँदैछ कालंगा हाइड्रोको आईपीओ बाँडफाँड ?
२४ जेठ, काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आईपीओ बुधबार बाँडफाँड हुने भएको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड बुधबार बिहान आईपीओ बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको हो । कम्पनीले २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको थियो । आईपीओमा २ लाख ८७ हजार जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् ।
प्रकाशित मिति : June 7, 2026 at 11:52 am









