२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

अन्तिम कारोबारको दिन यी कम्पनीका सेयरमा झुम्मिए लगानीकर्ता

२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ को विन्दुमा पुगेको छ।

आज ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। शुक्रबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन ११ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ५५ करोड ६९ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सिटी होटलको १९ करोड ५९ लाख ९९ हजार रुपैयाँ, एनबिबिएल डिबेञ्चर २०८५ को १८ करोड ८६ लाख २० हजार रुपैयाँ, सेन्ट्रल फाइनान्सको १८ करोड ५० लाख २६ हजार रुपैयाँ र रिडी पावर कम्पनीको १५ करोड १६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : June 5, 2026 at 3:18 pm