१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

पोखराको पावर हाउस चोकमा एनआईसी एशिया बैंकको नयाँ शाखा  

८ फागुन, पोखरा । एनआईसी एशिया बैंक लिमिटेडको नयाँ शाखा पोखरा महानगरपालिका–२९ पावर हाउस चोकमा सुरू भएकाे छ ।  एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले बुधवार उक्त शाखाकाे उद्घाटन गरेका छन् ।

एनआईसी एशिया बैंक मुलुकभर २ सय ७७ शाखा कार्यालय, २ सय ८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २ सय १७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ७३ अर्ब रुपैयाँ तथा कर्जा १ सय ४८ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।बैंकमा हालसम्म ग्राहकको संख्या करीब १४ लाख ५० हजार रहेको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार १८:२०