यूनाइटेड अजोड इन्स्योरेन्सले ७० हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
२२ जेठ, काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म १००ः१० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको कुल ७० हजार ४८० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । जसमा संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको छ ।
कम्पनीले यही जेठ २९ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने छ ।
लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयहरुः विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीबाट आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार ८ गते रहेको छ ।
प्रकाशित मिति : June 5, 2026 at 9:36 am









