नेप्सेसँगै घट्यो कारोबार रकम
२१ जेठ, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ को विन्दुमा पुगेको छ। आज ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज एभरेष्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड १ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयर मूल्य यस दिन १४.९९ प्रतिशतले बढेकाे छ ।
प्रकाशित मिति : June 4, 2026 at 3:26 pm









