२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

एभरेष्ट बैंकसहित यी कम्पनीका सेयरमा झुम्मिए लगानीकर्ता

२१ जेठ, काठमाडौं ।  साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १३।४६ अंकले घटेर २७६६।७८ को विन्दुमा पुगेको छ। आज ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज एभरेष्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड १ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ३२ करोड ५ लाख ६४ हजार रुपैयाँ,  सेन्ट्रल फाइनान्सको १८ करोड ५२ लाख ६५ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको १७ करोड १९ लाख ८९ हजार रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ४७ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : June 4, 2026 at 3:19 pm