२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्‌को विद्युत् उत्पादन बन्द हुने

२१ जेठ, काठमाडौं ।  रसुवागढी जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द हुने भएको छ । रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाको टिमुरेमा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत  आयोजना मर्मत तथा आवश्यक प्राविधिक कार्यका लागि विद्युत् उत्पादन अस्थायी रूपमा बन्द हुने जनाएको छ।

२०८२ असार २४ मा आएको ठूलो हिम बाढीका कारण जलविद्युत केन्द्रका अधिकांश संरचना तथा मेसिन उपकरणहरुमा ठूलो क्षति पुग्दा श्रृजित काबु बाहिरको परिस्थितिका कारण जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द हुनपुगेकोमा सोको आंशिक रूपमा पुर्नस्थापना/ पुनर्निमाणका कार्यहरू सम्पन्न गरी हाल ३ वटै युनिटबाट विद्युत उत्पादन सूचारु भईरहेको अवस्थामा आगामि वर्षायाममा समेत निर्वाध रुपमा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने योजना मुताबिक वर्षायाम अगावै सम्पन्न गर्नुपर्ने पुर्नस्थापना /पुर्ननिर्माणका कार्यहरु गर्न/गराउन २०२६ देखि २७ जुन २०२६ सम्म) रसुवागढी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द गर्न नेपाल विद्युत प्राधिकरणबाट स्वीकृती प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : June 4, 2026 at 2:16 pm