६ सहकारीलाई १५ दिनभित्र बहालका घर-फ्ल्याट खाली गर्न काठमाडौं महानगरको निर्देशन
२१ जेठ, काठमाडाैं । काठमाडौं महानगरपालिकाले केही सहकारी संस्थाहरूलाई बहालमा लिएका घर, कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। महानगरको न्यायिक समितिको निर्णय कार्यान्वयन गर्दै कानून तथा मानव अधिकार विभागले सम्बन्धित सहकारी संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा सदस्यहरूलाई तोकिएको अवधिभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

महानगरका अनुसार निर्धारित समयभित्र सम्बन्धित पक्ष सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार बहालमा लिइएका सम्पत्तिहरू अनिवार्य रूपमा खाली गराइनेछ। साथै, खाली गराउने क्रममा कार्यालयका सामग्रीहरू सम्बन्धित घरधनीको जिम्मामा राखिने र त्यसपछि ती सामग्रीबारे कुनै पनि दाबी वा विरोध स्वीकार नगरिने स्पष्ट पारिएको छ।

प्रकाशित मिति : June 4, 2026 at 12:09 pm









