हिमालयन इन्भेष्टमेन्ट बैंकरको सीईओमा शैलेश सुवेदी नियुक्त
२१ जेठ, काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा शैलेश सुवेदी नियुक्त भएका छन् । जेठ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुवेदीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई कार्यकाल सम्हालेको मितिबाट लागू हुनेगरी ४ वर्षका लागि सीईओको नियुक्त गरिएको हो । सुवेदीले आगामी असार १५ गतेबाट कार्यकाल सम्हाल्ने छन् ।
प्रकाशित मिति : June 4, 2026 at 11:35 am









