२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

बीमा दाबीको भुक्तानी लिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह

२१ जेठ, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी लिन बीमितहरुलाई अनुरोध गरेको छ । कम्पनीले गत चैत मसान्तसम्म परेका दाबीहरूको भुक्तानी बुझिलिन सम्बन्धित बीमित पक्षलाई अनुरोध गरेको हो ।

बीमितको तर्फबाट दाबी निवेदन परेको तर दाबी मूल्यांकनका लागि थप आवश्यक कागजातसहित बीमित सम्पर्कमा नआएको कारण दाबी भुक्तानी बाँकी रहेको कम्पनीले बताएको छ ।

त्यस्तो बीमितलाई कम्पनीले दाबी फछ्र्यौटका लागि आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको नजिकको प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा केन्द्रीय कार्यालयमा र सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो दाबी भुक्तानी लिन आह्वान गरेको हो ।

साथै, साे समयभित्र दाबी भुक्तानी सम्बन्धी अपुग कागजातसहित बीमित सम्पर्कमा नआएमा त्यस्तो बीमितसँग सम्बन्धित बीमा दाबीको फाइल नै बन्द गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : June 4, 2026 at 9:29 am