२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा पनि वृद्धि

२० जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ को बिन्दुमा बन्द भएको छ ।

आज ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज कालिञ्चोक हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयर मूल्य यस दिन प्रतिकित्ता १४.९९ प्रतिशतले बढेको छ । नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य यस दिन ५.१८ प्रतिशत घटेको छ। आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ४४ करोड २३ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : June 3, 2026 at 3:28 pm