कालिञ्चोक हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीको मूल्य बढ्यो
२० जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ को बिन्दुमा बन्द भएको छ ।
आज ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
आज कालिञ्चोक हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयर मूल्य यस दिन प्रतिकित्ता १४.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, एसबिएल २०८४ को सेयर मूल्य १४.९३ प्रतिशत र विजय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.७३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : June 3, 2026 at 3:25 pm









